°
, June 2, 2023 in

दोस्रो टि–२०मा जिम्बाबे एसँग भिड्दै नेपाल

SHARE:

घरेलु टोली नेपालले सोमबार भ्रमणकारी टोली जिम्बावे एसँग खेल्दैछ । टि–२० सिरिज अन्तर्गतको दोस्रो खेल दिउँसो एक बने कीर्तिपुरस्थित टियू मैदानमा सुरु हुनेछ।

पहिलो खेलमा बलिङ नचन्दा नेपाल ६ विकेटले पराजित भएको थियो । नेपाल जिम्बाबेविरुद्ध सोही हारको बदला लिने सोचमा छ। जिम्बावे भने नेपालविरुद्ध लगातार दोस्रो जित निकाल्दै सिरिज कब्जा गर्न चाहन्छ।

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप जिम्बावेसँग सिरिज खेलिरहेको हो।

सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग तेस्रो खेल बुधबार खेल्नेछ। तीन खेलको टि२० सिरिजपछि तीन एकदिवसीय खेल हुनेछ।

SHARE: