°
, June 7, 2023 in

नेपाल र कुवतेबीचको खेल सुरु, ४२ ओभरमा झारियो

SHARE:

वर्षाका कारण रोकिएको नेपाल र कुवेतबीचको सुरु भएको छ। २४औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको थियो।

वर्षा रोकिएपछि कीर्तिपुरस्थित टियू मैदानमा एसिसी प्रिमियर लिगको नेपाल र कुवेतबीचको सेमिफाइनल पुनः सुरु भएको छ। खेल ४२ ओभरमा झारिएको छ।

२६ ओभरको खेल सकिँदा नेपालले १५६ रन बनाएको छ। क्रिजमा कप्तान रोहितकुमार पौडेल ५१ बलमा ४२ र कुशल मल्ल ३५ बलमा ३४ रन बनाएर खेलिरहेका छन्।

टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिँदा २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाएको छ। क्रिजमा कप्तान रोहित पौडेल ३० र कुशल मल्ल ३२ रन बनाएर खेलिरहेका थिए।

त्यसअघि नेपाललाई ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले राम्रो सुरुआत दिए। उनीहरुले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। त्यसपछि १३ रन बनाउँदा ३ विकेट गुमाएपछि नेपाल दबाबमा परेको थियो।

कुशलले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाउँदा आसिफले २८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाए। भीम सार्की ४ बलमा १ रन बनाएर आउट भए।

कुवेतका अदन इद्रिसले २ तथा मोहम्मदल अस्लमले १ विकट लिए।

SHARE: