लेबनानविरुद्ध रच्ला त नेपालले इतिहास ?

नेपाली युवा फुटबल टिम अहिले ताजकिस्तानमा छन्। एएफसी यू–२३ एसियन कप छनोट खेल खेल्नका लागि नेपाली टिम ताजकिस्तानमा छ। यू–२३ एसियन कपको समूह बीमा रहेको नेपालले आज समूहको अन्तिम खेल खेल्दै छ । जसमा नेपालले लेबनानको सामाना गर्नेछ।

छनोटका सुरुआती दुवै खेलमा फराकिलो हार बेहोरोको नेपाललाई लेबनानविरुद्ध दिउँसो ४ः३० बजे मैदान उत्रँदा नेपाललाई इतिहास बनाउने अवसर हुनेछ।

लेबनानविरुद्ध गोल या जित जे निस्के पनि नेपालका त्यो इतिहास हुनेछ। प्रतियोगितामा नेपाली टिम जितबिहीन त छँदै छ, गोल पनि गर्न सकेको छैन।

ताजकिस्तानमा जारी प्रतियोगितामा नेपाल र लेबनान दुवै सुखद् अन्त्यको खोजीमा छन्। नेपाल जित निकाल्दै छनोटमा सुःखद अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराएर छनोटको सुःखद अन्त्य गर्ने मूडमा छ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ताजिकिस्तानविरुद्ध ६–० गोल अन्तरले पराजित भएको थियो ।