°
, June 7, 2023 in

मलेसियाविरुद्ध नेपाललाई दोस्रो सफलता, सन्दीपले तोडे विरन्दीप र फैजको शतकीय साझेदारी

SHARE:

एसिया कप छनोटका रुपमा रहेको एसिसी प्रिमियर कप क्रिकेट आटबा कीर्तिपुरस्थित टियू मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु भएको छ। १० टिमह सहभागी प्रतियोगितामा पहिलो दिन २ खेल भइरहेका छन्।

कीर्तिपुरस्थि टियू मैदानमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ भने मुलपानी क्रिकेट मैदानमा हङकङ र सिंगापुर भिडिरहेका छन्।

कीर्तिपुरस्थित टियू मैदान टस जितेर पहिला ब्याटिङ रोजेपछि बलिङ गरिरहेको नेपालले दोस्रो सफलता हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले दोस्रो सफलता दिलाए। उलने ३४औं ओभरको दोस्रो बलमा कप्तान फैजलाई आउट गरे।

फैजले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गदैृ ७६ रन बनाए । उनले ओपनर विरन्दीप सिंहसँग दोस्र्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । विरन्दीप ४३ रन बनाएर क्रिजमा छन्।

ताजा अवस्थामा ३५ ओभरको खेल सकिँदा मलेसियाले २ विकेटको क्षतिमा १४७ रन बाएको छ।

नेपाललाई सुरुआती सफलता अर्का स्पिनर ललित राजवंशीले दिएका थिए।

SHARE: