नेपालले अफ्रिकी मुलुक मोरिससँग आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । खेल दशरथ रंगशालामा अपरान्ह ४ः४५ बजे हुनेछ।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल १–० गोलले विजयी भएको थियो। नेपालको जितमा विमल घर्तिमगरले गोल गरेका थिए।
त्यसैले पनि दोस्रो खेलमा पनि नेपाल जितकै लागि मैदान उत्रने छ । पहिलो खेलमा जितका बाबजुद प्रशिक्षक अब्दुल्लाह अलमुताइरी टिमको प्रदर्शनबाट सन्तुष्ट थिएनन् । त्यसैले दोस्रो खेलमा नेपालले प्रदर्शन सुधार्न पनि ध्यान दिनेछ ।
यता, मरिसस पनि दोस्रो खेलमा जित निकाल्न चाहन्छ । नेपाललाई हराएर मरिसस पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ।