आईसिसी विश्वकप लिग–२ अन्गर्ततको पहिलो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ। नेपाली माथिल्लो क्रमका ब्याट्सम्यान लगातार आउट हुँदा पहिला ब्याटिङ गरेको नेपाल २३ ओभरको समाप्तिमा ७८–६को अवस्थामा छ।

नेपालले पाचौं र छैठौं विकेट लगातार ओभरमा गुमाएको थियो। पाँचौं विकेटका रुपमा कशुल मल्ला २०औं ओभरको पाँचौं बलमा कप्तान गेर्हाड इरास्मसको बलमा लुंगामेनीबाट क्याच आउट भए। उनले २२ बलमा समान १ चौका र छक्का मद्दतमा १५ रन बनाए। यस्तै, सोमपाल कामी २१औं ओभरको चौथो बलमा इरास्मसकै बलमा आउट भए। उनले २ रन मात्र बनाए।

पावर प्लेमा २५–४को खराब अवस्थामा रहेको नेपालका लागि कुशलले भीम सार्कीसँग पाँचौं विकेटका लागि ४२ रनको साझेदारी गरेका नेपालको इनिङ उकासेका थिए। भीम ८० बलमा २ चौका र १ छक्का मद्दतमा ४२ रन बनाएर खेलिरहेका छन्। उनलाई गुल्सन झाले ४ रन बनाए। साथ दिइरहेका छन्।

नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको थियो भने तेस्रो ओभरको पहिलो बलमा अनिल साहलाई व्यक्तिगत ८ रनमा गुमाएको थियो। दुवै रुबिन तिरुपेल्मनको शिकार बने।

यस्तै नेपालले चौथो ओभरको अन्तिम बलमा आरिफ सेखलाई पनि व्यक्तिगत ४ रनमा गुमाएको थियो। उनी ज्याक ब्रासेलको बलमा आउट भए। नेपालले चौथो विकेटका रुपमा कप्तान रोहितकुमार पौडेललाई १०औं ओभरको तेस्रो बलमा गुमाएको थियो । उनी ज्याक ब्रासेलको बलमा बोल्ड भए। उनले १३ बलमा १ रन बनाए।

Back To Top