°
, May 29, 2023 in

वर्षाले खेल रद्द भएपछि नेपाल र नामिबियाले बाँडे अंक

SHARE:

नामिबियामा जारी विश्वकप लिग–२ अन्तर्गतको नेपाल, नामिबिया र स्टकल्यान्डबीचको त्रिकोणात्मक सिरिजको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ। शुक्रबार भएको नेपाल र नामिबियाबीचको खेल दोस्रो इनिङ सुरु भएलगत्तै वर्षाका कारण रद्द भएको हो।

खेल रद्द भएसँगै दुवै टिमले १ अंक बाँडेका छन्। यसअघि नेपालले खेलेका २१ खेलमा १८ अंक जोडेको नेपाल छैठौं स्थानमा छ भने नामिबिया ३३ अंकसहित चौथो स्थानमा छ।

खेल रोकिँदा १९८ रनको लक्ष्य पछ्याएको नामिबियाले ४ बलमा विनाक्षति ४ रनै बनाएको छ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले एक बल बाँकी छँदा अलआउट हुँदै १९७ रन बनाएको थियो । नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट इनिङ खेले ।

तेस्रो नम्बरमा ब्याटिङका लागि आएका उनले ९४ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाए। एकदिवसीय क्रिकेटमा ज्ञानेन्द्रको यो छैठौं अर्धशतक हो।

यस्तै, आरिफ सेखले २३, आसिफ सेखले २०, गुल्सन झा र अर्जुन साउदले समान १८ रनको योगदान दिए। आशा गरिएको ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी १ रनमा आउट हुँदा कप्तान रोहितकुमार पौडेलले १० रन मात्र बनाउन सके।

नामिबियाको टांगेनी लुंगामेनीले ३ तथा कार्ल बिर्केन्टोकले २ विकेट लिए।

नेपालले दोस्रो खेल मंसिर १८ गते स्कटल्यान्डसँग खेल्नेछ।

SHARE: