एसिसी प्रियिमर कपमा ओमानविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले पाँचौं विकेट गुमाएको छ। नेपालले ३२औं ओभरको पहिलो बलमा पाँचौं विकेटका रुपमा सेट ब्याट्सम्यान आरिफ सेखलाई गुमायो।
४३ बलमा २ चौका प्रहार गदैृ २९ रन बनाएका उनी जतिन्दर सिंहको बलमा कलिमुल्लाहबाट क्याच आउट भयो। जतिन्दर एकदिवसीय क्रिकेटको बलिङको पहिलो बलमै विकेट लिन सफल भए।
ताजा अवस्थामा नेपाल ३३ ओभरमा ५ विकेटको क्षतिमा १५२ रन बनाएको छ। क्रिजमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी छन्।
प्रतियोगितामा लागतार दोस्रो अर्धशतक बनाउने क्रममा कुशलले ३० बलमा ६ चौका र ४ छक्का प्रहार अर्धशतक पुरा गरे ।
यसअघि नेपालले दुवै ओपनरलाई शुन्य रनमा गुमाएको थियो । त्यसपछि भीम सार्कीले ५६ बलमा ३३ र कप्तान रोहितकुमार पौडेलल ३४ बलमा २३ रन बनाए।
ओमानका लागि बिलाल खान, कलिमुल्लाह, जिशन मक्सुद र फयाज बुटले समान १ विकेट लिए।