°
, June 7, 2023 in

ओमानविरुद्ध नेपालको खराब ब्याटिङ, १२ रन बनाउँद गुमायो दुवै ओपनर

SHARE:

टि–२० विश्वकपको ग्लोबल छनोटको पहिलो नेपालले ओमानविरुद्ध खराब सुरुआत गरेको छ। ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिलो ब्याटिङ गरेको नेपालले ३ ओभरमै आफ्ना दुवै ओपनरलाई गुमाएको छ

पहिलो ओभरमै आसिफ शेखलाई गुमाएको नेपालले तेस्रो ओभरमा कुशल मल्ललाई गुमाएको थियो । दुवै ओपनरलाई गुमाउँदा नेपालले १२ रनमात्र जोडेको थियो। आसिफले ५ बलमा ४ र कुशलले ८ बलमा ५ रन बनाए।

ग्लोबल क्वालिफायरको सेमिफाइनलमा स्थान बनाउन ओमानविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ। ताजा अवस्थामा नेपालले ५ ओभरको समाप्तिमा २८ रन बनाएर खेलिरहेको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्ल छन्।

ओमानविरुद्ध नेपाली टिमका प्रशिक्षक पुबुदु दासानायकेले अनुभवी ब्याट्सम्यान शदर भेषावकरणलाई टिमबाट बाहिरै राखेका छन्। यस्तै, प्रशिक्षक दासानायकेले युव खेलाडीद्वय लोकश बम र विवेक यादवलाई भने सुरुआतमै मौका दिएका छन् ।

ओमानविरुद्ध नेपालले तीन फास्ट बलर १ स्पिनरलाई मौदानमा उतारेको छ। टिममा फास्ट बलिङ गर्ने २ अलराउन्डर र एक स्पिन अलराउन्डर छन्। टिममा विवेक यादवले फिनिसरको भूमिका निर्वाह गर्ने छन्।

नेपाली टिम : सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बम।

SHARE: