°
, June 2, 2023 in

ओमानविरुद्ध बलिङ गर्दै नेपाल, विवके र सागरको डेब्यू

SHARE:

चार दिवसीय टि–२० सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध बलिङ गरिरहेको छ। पहिलो पटक नेपाली टिमको कप्तानी गरिरहेका सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् ।

नेपालले फिल्डिङ रोजेपछि पहिला ब्याटिङका लागि आएका ८ ओभरमा ५३ रन बनाउँदा ३ विकेट गुमाएको छ। नेपालका आरिफ शेख, कमलसिंह ऐरी र अविनाश बाेहराले समान १ विकेट लिए।

ओमानविरुद्धको खेलमार्फत विवेक यादव र सागर ढकालले टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् । विवेक पहिलो पटक राष्ट्रिय टिमबाट खेलको हुन भने सागरले यसअघि नै राष्ट्रिय टिमका डेब्यू गरिसकेका छन्।

घरेलु टि-२० प्रतियोगिता प्रधामन्त्री कपमा सानदार प्रदर्शन गरेका विवेक र सागर पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका थिए । पहिलो खेलमै उनीहरूले डेब्यूको अवसर पाएका हुन् ।

विवेक तीव्र गतिमा बलिङ गर्नुको साथै विष्फोटक ब्याटिङ गर्छन् भने सागरले स्पिनरको रुपमा आक्रमक बलिङ गर्ने गर्छन् ।

ओमानविरुद्ध नेपालको टोली : सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र प्रदीप ऐरी ।

SHARE: