टियू मैदानमा जारी टि–२० क्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १८४ रनको विशाल लक्ष्य दिएको छ।
टस जितेर पपुवा न्युगिनीले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८३ रनकोस्कोर बनायो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
यस्तै, रोहित पौडेलले २६ बलमा ३५ रन बनाउँदा आरिफ सेखले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रन बनाए । कुशल भुर्तेलले ११ बलमा २० रन बनाउँदा करण केसीले ७ बलमा १४ रन बनाए ।
पपुवा न्युगिनीका अलेइ नाओ, चाड सुपर र चार्लस अमिनीले समान २ विकट लिए।