टियु मैदानमा जारी टी–२० क्रिकोणात्मक सिरिजका तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई २०४ रनको विशाल लक्ष्य दिएको छ। टस जितेर पिएनजीले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा २०३ रन बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे। दीपेन्दले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दैै सर्वाधिक ६६ रन बनाए । यस्तै, रोहितकुमार पौडेलले २३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दैै ४१ रन बनाए ।
यस्तै, आसिफ सेखले २९ बलमा ३८ रन बनाउँदा राष्ट्रिय टिमा डेब्यू गरेका युवा अलरान्डर अदिल आलमले ११ बलमा १ चौका ३ छक्का प्रहार गर्दै ३१ रनको विस्फोटक पारी खेले।
पपुवा न्युगिनीका कावुवा मोरेआले ३ तथा रिले हेकुरले २ विकेट लिए।