°
, June 2, 2023 in

उपाधिका लागि पपुवा न्युगिनीसँग भिड्दै नेपाल

SHARE:

त्रिकोणात्मक टि–२० सिरिजका उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनीको सामाना गर्दैछ । खेल कीर्तिपुरस्थित टियु मैदानमा दिउँसो १२ः३० बजे सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहँदै फाइनल पुग्दा एक खेल मात्र जितेको पपुवा न्युगिनी दोस्रो भएर फाइनल पुगेको हो ।

नेपालले डबल राउण्ड रोविन लिगमा खेलेको चारवटै खेल जितेर उच्च लयमा छ । पपुवा न्युगिनीले भने ३ खेल हार्दा मलेसियालाई एक खेलमा मात्र हराएर २ अंक जोडेको थियो । मलेसियाले पनि १ खेल जित्दै उति नै अंक बनाएको थियो । तर नेट रनरेटमा भाग्यमानी बनेको पीएनजीले मलेसियालाई पछि पार्दै नेपालसँग फाइनल भिडन्त पक्का गरेको हो ।

कीर्तिपुरमै अघिल्लो साता भएको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको दुवै खेलमा नेपाल पीएनजीसँग पराजित हुँदै श्रृंखला गुमाएको थियो । त्यसपछि टि–२० मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालल एकदिवसीमा व्यहोरेको हारको बदला लिँदै श्रृंखलाको उपाधि जित्ने लक्ष्यमा छ ।

फाइनलअघि आइतबार श्रृंखलाको विजेताले पाउने ट्रफी सार्वजनिक कार्यक्रममा नेपानलका कप्तान सन्दीप लामिछानेले यसअघि खेले जस्तै खेल्ने र दबावविना खेल्ने बताएका छन् । पपुवा न्युगिनीका कप्तान असद भालाले भने नेपाल विरुद्धको खेल ठूलो रहेको भन्दै दबाब रहेको बताएका छन्।

जारी श्रृंखलामा नेपालले पहिलो खेलमै पीएनजीलाई १५ रनले हराएर सुदख सुरुवात गरेको थियो । त्यसपछि दोस्रो खेलमा नेपाल ३७ रनले विजयी भयो । नेपालले मलेसियालाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ८५ रनले पराजित गरेको थियो । पपुवा न्युगिनीले मलेसियाविरुद्धको पहिलो खेल ८ रनले गुमाउँदा दोस्रो खेलमा ८ विकेटको जित निकालेको थियो।

SHARE: