विश्वकप लिग–२मा पपुवा न्युगिनीसँग खेल्दै नेपाल

Read Time:2 Minute

आईसीसी क्रिकेट विश्वकप लिग–२मा आज नेपालले पपुवा न्युगिनीसँग खेल्दै छ। नेपाल, यूएई र पपुवा न्युगिनी त्रिकोणात्मक सिरिजको पहिलो खेल पौने १२ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु को शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै सबै चार खेल जितेर उच्च मनोबलका साथ नेपाली टोली यूएई पुगेको छ । त्यही लय कायम राख्दै सुखद नतिजा ल्याउने विश्वकपमा नेपाली टिम छ ।

नेपाल, यूएई र पीएनजी सम्मिलित शृङ्खला हुन लागेको यो दोस्रो पटक हो । यसअघि गत वर्ष मार्चमा यूएईमै यी तीन टोलीबीच शृङ्खला भएको थियो । यो शृङ्खलामा पीएनजीको मैदानमा हुनुपर्ने भए पनि प्राविधिक कारणले यूएईमै खेलाउन लागिएको हो ।

गत वर्ष भएको लिग टु शृङ्खलामा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । तर लगत्तै नेपालमा भएको नेपाल र पीएनजीबीचको दुई खेको शृङ्खला भने पीएनजीले जितेको थियो ।

घरेलु मैदानमा भएको दुवै खेलमा नेपाल पीएनजीसँग पराजित भएको थियो । पहिलो खेलमा २९३ रनको लक्ष्य पछ्याउने क्रममा ६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा २७८ रन बनाउँदै ३ विकेटले पराजित भएको थियो ।

लिग टु मा तीनवटै टिम आफ्नो आठौं शृङ्खला खेल्दैछन् । यसपछि नवौँ तथा लिग टुको अन्तिम शृङ्खला नेपालमा लगत्तै हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post छैठौं पटक अस्ट्रेलियाले जित्यो टि–२० महिला विश्वकप उपाधि
Next post मल्ल र चुडालको इजलासले आज सन्दीपसम्बन्धी निवेदनमा मात्र सुनुवाइ गर्ने
Close