पिएनजीले दियो नेपाललाई १८० रनको लक्ष्य

Read Time:1 Minute

युएईमा जारी आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीले नेपाललाई १८० रनको लक्ष्य दिएको छ।

दुबई इन्टरनेशनल स्टेडियममा पहिला ब्याटिङ गरेको पिएनजीले ४९.२ ओभरमा अलआउट हुँदै १७९ रन बनायो ।

पिएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाउँदा हिरी हिरीले ३१ रन बनाए । उराले ५१ बलमा २ चौका र १ छक्का प्रहार गरे भने हिरीले ६३ बलमा २ चौका र १ छक्का नै प्रहार गरे।

यस्तै, किप्लिन डोरिगाले २६, गाउडी टोकाले १५ र नर्मन भानुआले १४ रनको योगदान दिए।

नेपालका लािग सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए। सोमपालले १० ओभरमा ३९ रन खर्चिँदा दीपेन्द्रले १० ओभरमा १ मेडनसहित ३० रन खर्चिए। यस्तै, सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान १ विकेट लिए।

एकदिवसीय विश्वकप छनोटमा पुग्न नेपालले विश्वकप लिग–२का योसहित बाँकी ५ खेल जित्नै पर्ने हुन्छ ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यू–१९ विश्वकपमा छनोट भएको नेपाली टिम आज फर्कंदै
Next post पिएनजीविरुद्ध दबाबमा नेपाल ५० रनमै ५ विकेट गुमायो
Close