°
, June 7, 2023 in

पिएनजीविरुद्ध दबाबमा नेपाल ५० रनमै ५ विकेट गुमायो

SHARE:

युएईमा जारी आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरद्ध नेपाललाई १८० सामान्य लक्ष्य पछ्याइरहेको नेपाल दबबमा परेको छ। सुरुआतबाटै लागतार विकेट गमुमाएपछि नेपाल दबाबमा परेको हो ।

ताजा अवस्थामा नेपालले २१ ओभरमा ६३ रन बनाउँदा ५ विकेट गुमाएको छ। क्रिजमा आसिफ सेख र दीपेन्द्रसिंह ऐरी छन्।

नेपालका लागि आसिफले सर्वाधिक ३५ रन बनाएका छन्। उनले ५१ बलमा १ छक्का प्रहार गरेका छन्। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेका छैनन्।

नेपालका भीम सार्की ८, ज्ञोन्द्र मल्ल ६, कप्तान रोहितकुमार पौडेल १ रन बनाएर आउट हुँदा कुशल मल्ल गोल्डेन डकआउट भए ।

नेपालको माथिल्लो क्रमम धरासायी बनाउने क्रममा कप्तान असद भालाले ३ तथा सोमो कामेअले २ विकेट लिए।

दुबई इन्टरनेशनल स्टेडियममा पहिला ब्याटिङ गरेको पिएनजीले ४९.२ ओभरमा अलआउट हुँदै १७९ रन बनायो । पिएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाउँदा हिरी हिरीले ३१ रन बनाए । उराले ५१ बलमा २ चौका र १ छक्का प्रहार गरे भने हिरीले ६३ बलमा २ चौका र १ छक्का नै प्रहार गरे।

नेपालका लािग सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए। सोमपालले १० ओभरमा ३९ रन खर्चिँदा दीपेन्द्रले १० ओभरमा १ मेडनसहित ३० रन खर्चिए। यस्तै, सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान १ विकेट लिए।

SHARE: