आईसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजकोृ पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पपुवा न्युगिनीले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्न लागेको हो।
यसअघि यूएई शृङ्खलामा चोटका कारण सबै खेल खेल्न नपाएका कुशल भुर्तेल आज प्लेइङ सेटमा छन्। यसअघि भएका दुई सिरिजमा नेपालले लगातार पीएनजीलाई पराजित गरेको थियो।
नेपाल यो सिरिजका चारै खेल जित्दै आईसिसी एकदिवसीय विश्वकपको छनोटमा पुग्न चाहन्छ । त्यसका लागि नेपालले यो सिरिज क्लिन स्विप गर्नुपर्ने छ।
नेपाली टिमः आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, भिम शार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने।