आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनीसँग खेल्दै छ । दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले बलिङ गर्ने छ।
मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाली राष्ट्रिय टिम २ परिवर्तन गरेका छन्। सोमबार युएईविरुद्ध खेलेको टिममा रहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र विक्रम सोबलाई दासानायकेले आराम दिएका छन् ।
उनीहरुको स्थानमा भीम सार्कीलाई राष्ट्रिय टिममा डेब्यू गराएका छन् भने र आसिफ सेखलाई पुनः टिममा बोलाएका छन् ।
घरेलु क्रिकेट र नेपालका लािग उमेर समूहको टिममा उत्कृष्ट प्रदर्शन गरेका भीम युएई भ्रमणमार्फत नै पहिलो पटक राष्ट्रिय टिममा परेका थिए । भीम ब्याटिङ र फिल्डिङमा निकै उत्कृष्ट छन् । उनलाई नेपाली ‘जोन्टी रोड्स’ पनि भन्ने गरिन्छ।
तीन राष्ट्र सम्मिलित श्रृंखलामा यो अन्तिम खेल हो । यसअघि खेलका तीन मध्यै नेपाल र पिएसजी दुवैले समान १ खेल मात्र जितेका छन्।
नेपालको प्लेइङ ११ः कप्तान सन्दीप लामिछाने, विनोद भण्डारी (विकेटकिपर), आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, पवन सर्राफ, आरिफ शेख, करण केसी, रोहितकुमार पौडेल, भिम सार्की र सोमपाल कामी ।