°
, June 4, 2023 in

पिएनजीविरुद्ध नेपालकाे खराब ब्याटिङ, तीन ओभरमै गुमायो दुवै ओभपनर

SHARE:

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पपुवा न्युगिनीविरुद्ध खराब ब्याटिङ गरेको छ। आफ्ना दुवै ओपनरलाई तीन ओभरभित्रै गुमाएपछि नेपाल दबाबमा परेको हो।

नेपाली टिमका ओपनर कुशल भुर्तेल इनिङको पहिलो बलमै आउट भए । पीएनजीका अलेइ नाओको बलमा लेगा सिएकाले कुशललाई सर्ट लेगमा क्याचआउट गराएका हुन् ।

यस्तै अर्का ओपनर अनिल शाह तेस्रो ओभरको पहिलो बलमा १ रन बनाएर आउट भए । उनी अलेई नाओले कै शिकार भए।

ताजा अवस्थामा नेपालले १२ ओभरमा २ विकेटको क्षतिमा ४० रन बनाएको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी २२ र देव खनाल १२ रन बनाएर खेलिरहेका छन्।

SHARE: