°
, June 2, 2023 in

स्कटल्यान्डविरुद्ध नेपालको खराब ब्याटिङ, सय रन नबनाउँदै ७ विकेट गुमायो

SHARE:

विश्वकप लिग–२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो नेपालले खराब ब्याटिङ गरेको छ। विन्डहोकमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले स्कटल्यान्डविरुद्ध सय रन नबनाउँदै महत्वपूर्ण ७ विकेट गुमाएको छ।

नेपालले छैठौं विकेटका रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमाउँदै ८६ रन मात्र बनाउन सकेको थियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक २५ रन बनाउँदा अर्जुन साउदले १८, रोहितले १७ र आरिफ सेखले १० रन बनाए।

यस्तै, दीपेन्द्रसिंह ऐरी ९, ओपनर आसिफ सेख ७ रनमा आउट हुँदा मध्यक्रममा आएका कुशल भुर्तेल गोल्डेन डकआउट भए ।

नेपालको इनिङ धरासायी बनाउने क्रममा स्कटल्यान्डका क्रिस सोलले ७ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। यस्तै, ब्रेन्डन म्याकमुलेन र मार्क वाटले समान १ विकेट लिए।

अहिले क्रिजमा करण केसी र गुल्सन झा छन्।

SHARE: