विश्वकप लिग–२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो नेपालले स्टकल्यान्डलाई १३८ रनको झिनो लक्ष्य दिएको छ। विन्डहोकमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४०.१ ओभरमा १३७ रनमै अलआउट भयो।
निकै खराब ब्याटिङ गरेको नेपालले सुरुआतदेखि नै निरन्तर गुमाएको थियो । ८० रन बनाउँदा ४ विकेट गुमाएको नेपालले त्यसपछिका ६ विकेट ४६ रन बनाउँदा गुमायो ।
नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २५ रन तथा अर्जुन साउदले १८ रनको योगदान दिए। अन्यल ब्याट्सम्यानले सम्हालिएर खेल्न नसक्दा नेपाल झिनो स्कोरमै समेटियो ।
नेपालको इनिङ धरासायी बनाउने क्रममा स्कटल्यान्डका क्रिस सोलले ७ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए भने मार्क वाटले २ विकेट लिए।