आईसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै छ। कीर्तिपुरस्थित टीयू मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ।
स्कटल्यान्डविरुद्ध मैदान उत्रँदा नेपाली टिम जितलाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रने छ। नेपालका लागि स्कटल्यान्डविरुद्ध जित एकदिवसीय मान्यता जोगाउनमा पनि महत्वपूर्ण हुनेछ।
त
पहिलो खेलमा नामिबियाविरुद्ध २ विकेटले पराजित गर्दै ऐतिहासिक जित निकालेको नेपाल त्यही उत्साहका साथ मैदान उत्रने छ। यता, स्कटल्यान्डले पनि नामिबियाविरुद्ध १० विकेटको फराकिलो जित निकाल्दै लिग–२को विजेता बनिसेकाले उसलाई नेपालविरुद्ध खेल्दा कुनै दबाब हुने छैन।
शीर्ष पाँच स्थानमा रहँदै ओडिआई मान्यतालाई जोगाउने अभियानमा रहेको नेपालले घरेलु मैदानमा भइरहेको श्रृंखलामा सकेसम्म धेरै खेल जित्ने लक्ष्य बनाएको छ।
पछिल्ला दुई श्रृंखलामा ८ खेल खेल्दा नेपालले जम्मा १ खेल जितेको थियो । त्यो जित स्कटल्याण्ड विरुद्ध नै गत जुलाईमा थियो । त्यसपछि नामिबियामा गत डिसेम्बरमा खेलेको श्रृंखलामा नेपालले कुनै खेल जित्न सकेन ।
यस पटक घरेलु मैदान र दर्शकको साथ पाएको नेपालले श्रृंखलाको पहिलो खेलमै नामिबियालाई हरायो । ओडिआई मान्यता पाएपछि नेपालले नामिबियालाई हराएको पनि यो पटक हो ।
अब स्कटल्याण्ड विरुद्ध नेपालको असली परिक्षा हुनेछ । लिग–२ को अन्तिम श्रृंखला खेलिरहेको स्कटल्याण्डको ३३ खेलबाट ४८ अंक छ । २५ खेलबाट २० अंक जोडेको नेपाल छैटौं स्थानमा छ ।
लिग–२ को शीर्ष स्थानमा रहेर आगामी जुन–जुलाईमा जिम्बावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा स्थान पक्का गरिसकेको स्कटल्याण्डका लागि अबका खेलमा कुनै दबाब हुने छैन ।
नेपालले यसअघि स्कटल्याण्ड विरुद्ध खेलेको पहिलो ओडिआई खेल नै जितेको थियो । तर त्यसपछिका लगातार तीन खेलमा नेपाल पराजित भएको छ ।
समग्रमा स्कटल्याण्ड विरुद्ध नेपालले चार ओडिआई खेल्दा एक खेल मात्र जितेको छ भने तीन खेलमा स्कटल्याण्ड विजयी भएको छ।
गत जुलाईमा लिग टु अन्तर्गत स्कटल्याण्डमै भएको श्रृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । त्यही श्रृंखलाको अर्को खेलमा नेपाल स्कटल्याण्डसँग सहजै ८ विकेटले पराजित भयो । डिसेम्बरमा नामिबियामा भएको लिग–२ श्रृंखलाको पहिलो खेलमा नेपालले टक्कर दिएपनि स्कटल्याण्डसँग ३ विकेटले पराजित हुँदा दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो ।
जारी श्रृंखलामा नेपाल र स्कटल्याण्डबीचकै दोस्रो खेल शनिबार हुनेछ।