यू–१९ साफ महिला फुटबल च्याम्पियनसिप : श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ३–०ले अघि

बंगलादेशमा जारी यू–१९ साफ महिला च्याम्पियनसिपमा अहिले नेपाली टिमले श्रीलंकाविरुद्ध खेलिरहेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले श्रीलंकाविरुद्ध ३–०को अग्रता लिएको छ।

खेलको पाँचौ मिनेटमा रश्मी घिसिङले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन् । सातौं मिनेटमा सविता रानामगरले नेपालको अग्रता दोब्बर बनाइन्। यस्तै, ४३औं मिनेटमा मेनुका आलेमगरले गोल गर्दै नेपाललाई पहिलो हाफमा ३–० को अग्रता दिलाइन्।

पहिलो खेलमा नेपालले उपाधि दाबेदार बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। श्रीलंका भने श्रीलंका अंक विहीन रहेको छ ।