आईसिसी विश्वकप–२ अन्तर्गतको तेस्रो सिरिजको तेस्रो खेलमा घरेलु टोली युएईविरुद्ध २०३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गरेको छ।
पुनः एक पटक नेपालको माथिल्लो क्रम कोल्याप्स भयो । निरन्तर ओपनिङ जोडी फ्लप भएपछि नेपालले युएईविरुद्ध आसिफ सेखको स्थानमा पवन सर्राफलाई खेलायो । त्यो परिवर्तनले पनि खराब प्रदर्शनलाई रोक्न सकेन ।
नेपालले तीन ओभरमा ३ विकेट गुमाएको थियो । पवन २, कुशल भुर्तेल ५ र दीपेन्द्रसिंह ऐरी शुन्य रनमा आउट भए । नेपालले २१ रन बनाउँदा ४ विकेट गुमायो । चोथो विकेटका रुपमा रोहितकुमार पौडेल ९ रनमा आउट भए ।
अहिले ज्ञानेन्द्र मल्ल र आरिफ सेख क्रिजमा छन्। ताजा अवस्थामा नेपाल १२ ओभरमा ४ विकेट गुमाउँदै २९ रन बनाएको छ।