युएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

Read Time:2 Minute

यूएईमा जारी आईसिसी विश्वकप लिग २मा अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ। दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो।

आईसिसी विश्वकप लिग २मा लागतार पाँच जित निकालेको नेपाल छैठौं जितको खोजीमा छ। युएईविरुद्धको खेलअघि सन्दीप लामिछाने टिममा फर्किएकाले नेपाली टिम उत्साहित छ।

सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएपछि उनी मंगलबार मात्रै युएई पुगेका हुन्। क्यालने उनलाई घाइते मौसम ढकालको स्थानमा टिममा राखेको हो।

यस सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । यूएई भने पपुवा न्यु गिनीसँग पराजित भएको थियो।

लिग टु को शीर्ष तीनमा पुग्नै आगामी जुनमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने लक्ष्यमा रहेको नेपाल र यूएई दुवैलाई आजको खेल उत्तिकै महत्वपूर्ण छ । दुवैले समान ७ खेल खेल्न बाँकी छ ।

हाल तेस्रो स्थानमा रहेको नामिबिया जसको ३९ अंक छ उसलाई पछि पार्दै तेस्रो स्थानमा रहन नेपाल र यूएईले बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ । त्यसैले आजको खेल जित्दै ओडीआई मान्यता जोगाउने र शीर्ष तीनको यात्रालाई कायम राख्ने लक्ष्यमा नेपाल छ।

नेपालले लिग टु को शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउन ७ मध्ये ४ खेल जित्नैपर्नेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मछिन्द्रले जित्यो केपी ओली कप उपाधि
Next post यू–१९ विश्वकप खेल्न नेपालले १९२ रनको लक्ष्या डिफेन्ड गर्नुपर्ने, देवले खेले कप्तानी इनिङ
Close