नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने, कुशलकाे ठाउँमा प्रतिश टिममा

Read Time:2 Minute

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको युएईमा जारी सिरिजको अन्तिम खेलमा पनि नेपालले टस जितेको छ। टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्।

नेपालले लिग–२ अन्तर्गतका पछिल्ला २ सिरिजका सबै खेलमा टस जितेको छ । र, पहिला बलिङ गर्ने निर्णय गरेको थियो । ती ७ मध्ये नेपालले ६ खेल जितेको छ। तर, युएईविरुद्ध भने नेपालले पहिलो ब्याटिङ गर्ने निर्णय गरेको हो।

नेपालसँग सोमबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा कुशल भुर्तेल हुने छैनन् । पपुवा न्युगिनीविरुद्धको पहिलो खेलमा अर्धशतक बनाउँदै प्लेयर अफ द म्याच बनेका ओपनिङ ब्याटर कुशलले ग्रोइन चोटका कारण यूएई भ्रमणको अन्तिम खेल गुमाउने भएका हुन्।

उनको स्थानमा सन्दीप जोरालाई नेपाली टोलीभित्र राखिएको छ । यूएई भ्रमणमै रहे पनि जोरा नेपालको अन्तिम १४ सदस्यीय टोलीमा थिएनन्।

तर, प्लेइङ ११ मा भने सन्दीपले मौका पाएनन्, उनको स्थानमा युवा फास्ट बलर प्रतिश जिसीलाई राखिएको छ। मुख्य प्रशिक्षक मोन्टी देसाईले टसअघि पिचको निरक्षण गरेर कुशलको ठाउँमा प्रत्यिसलाई राख्ने निर्णय गरेका हुन्।

५ खेल खेल्न बाँकी रहेको नेपालसँग समीकरणमा दुईवटा विकल्प छन् । ३ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम रहनेछ भने सबै ५ खेल जितेमा नेपाल सोझै विश्वकप छनोटमा पुग्ने छ ।

३ खेलभन्दा कम जितेमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताका लागि अर्को बाटो रोज्नुपर्नेछ । शीर्ष ३ का लागि यूएईसँग पनि विकल्प कम हुँदै गएको छ । नामिबियालाई उछिन्दै शीर्ष ३ भित्र पर्न यूएईले बाँकी रहेका ५ खेल नै जित्नुपर्ने समीकरण बनेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post युएईसँग भिड्दै नेपाल
Next post ओडिआईमा भीमको पहिलो अर्धशतक
Close