°
, June 4, 2023 in

भीम सार्कीकाे पहिलो अर्धशतमा युएईलाई २३० रनको लक्ष्य

SHARE:

युवा ब्याट्सम्यान भीम सार्कीकाे एकदिवसीयकाे मेडन अर्धशक मद्दतमा नेपालले युएईलाई २३० रनको लक्ष्य दिएको छ।

आईसिसी विश्वकप लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा पहिला ब्याटिङ गर्दै नेपालले ८ विकेटको क्षतिमा २२९ रन बनायो।

भीमले आफ्नो करिअरको पहिलो अर्धशतक प्रहार गरे । पाचौं एकदिवसीय खेलिरहेका भीमले भीमले युएईविरुद्ध ७८ बलमा ५ चौका प्रहार गर्दै अर्धशतक बनाए । भीमले रोहन मुस्तफाको बलमा बोल्ड हुनुअघि ९९ बलमा ७ चौका प्रहार गर्दै ७० रन बनाए।

युएईविरुद्ध पहिला ब्याटिङ गरेको नेपालले लागतार विकेट गुमाइरहेका बेला भीमले सम्हालिएको पारी खेल्दै नेपाली इनिङ सम्हालिरहेका छन्। भीमले सन्दीप लामिछाने र आसिफ सेख महत्वपूर्ण साझेदारी गरे।

उनले छैठौं विकेटका लागि सन्दीपसँग ५६ रनको साझोदरी गरे भने सातौं विकेटका लागि आरिफसँग पनि ५६ रनकै साझेदारी गरे।

यस्तै, नेपालका लागि आसिफ सेखले नटआउट ४३ रन बनाए। उनले ५६ बलमा २ चौका र १ छक्का प्रहार गरे। यस्तै, कशुल मल्लले ३२ बलमा ३२ रन बनाउँदा सनदीपले ४० बलमा २७ रन बनाए । यस्तै करण केसीले १७ र प्रतिश जिसीले ११ रन बनाए।

युएईका जुनैद सिद्दिकी ३ विकेट लिए भने आयन लाकरा र रोहन मुस्तफाले समान २ विकेट लिए।

SHARE: