°
, June 4, 2023 in

युएईमाथि नेपालको दबदबा, १४ ओभरमै लियाे ५ विकेट

SHARE:

एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईमाथि दबदबा कायम गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी फाइनलमा नेपालले १४ ओभरभित्रै युएईका टप अर्डरलाई पभेलियन फर्काएको छ।

टस जितेर बलिङ गर्ने निर्णय गरको नेपालले युएईमाथि दबाब बनाउँदै १४ ओभरमै ५ विकेट लिएको छ। ताजा अवस्थामा १५ ओभरको समाप्तिमा युएईले ५८ रन जोडेको छ।

युएईलाई दबाबमा राख्ने क्रममा नेपालका मिडियम पेस र स्पिनर दुवैले उत्कृष्ट प्रदर्शन गरेका छन्। नेपालका लागि करण केसीले २ विकेट लिँदा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले पनि विकेट लिएका छन्।

आजको खेल जित्ने टिम एसिया कपमा छनोट हुने छ। र, एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउने छ।

SHARE: