°
, June 7, 2023 in

वर्षाका कारण नेपाल र युएईबीचको फाइनल खेल रोकियो

SHARE:

कीर्तिपुरस्थित टियू मैदानमा जारी एसिसी प्रियिमर कपको फाइनल वर्षाका कारण बीचमै रोकिएको छ। १६ ओभरको खेल चलिरहँदा वर्षा सुरु भएपछि अम्पाबारले नेपाल र युएईबीचको फाइनल खेल रोकेका हुन्।

खेल रोकिँदलासम्म फाइनलमा नेपालले युएईमाथि पूर्णरुपमा दबाब बनाएको छ। १६ ओभरको समाप्तिमा ६० रन बनउाँदा युएईले ५ विकेट गुमाएको छ।

टस जितेर बलिङ गर्ने निर्णय गरको नेपालले सुरुआतदेखि नै युएईमाथि दबाब बनाएको थियो। युएईलाई दबाबमा राख्ने क्रममा नेपालका मिडियम पेस र स्पिनर दुवैले उत्कृष्ट प्रदर्शन गरेका छन्।

नेपालका लागि करण केसीले २ विकेट लिँदा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले पनि विकेट लिएका छन्।

आजको खेल जित्ने टिम एसिया कपमा छनोट हुने छ। र, एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउने छ।

SHARE: