°
, June 7, 2023 in

नेपाल र युएईको खेल भाेलि निःशुल्क हेर्न पाइने

SHARE:

एसिसी प्रिमियर कपअन्तर्गत मंगलबार हुने नेपाल र युएईबीचको फाइनल हेर्न टिकट नचाहिने भएको छ। आज भएको फाइनल खेल वर्षाका कारण बीचमै रोकिएपछि खेल रोकिएकै अवस्थादेखि मंगलबार हुनेछ।

भोलि हुने फाइनलको बाँकी खेल हेर्न टिकट नचाहिने क्यानले जनाएको छ। क्यानले आज टिकट काटेकोलाई पहिलो प्राथमिकता दिने र ठाउँ खाली भए अन्य दर्शकलाई मैदानमा प्रवेश गराउने जनाएको छ।

आज वर्षाले खेल रोकिँदा पहिला ब्याटिङ गरेको युएईले २७.३ ओभरमा १०६ रन बनाउँदा ९ विकेट गुमाएको छ। उसका कार्तिक्य मयप्पन १ र जुनैद सिद्दिकी शुन्य रनमा क्रिजमा छन्।

युएईको इनिङ ध्वस्त बनाउने क्रममा नेपलमा ललित राजवंशीले ३ विकेट लिए। मंगलबार ललितलाई ह्याट्रिकको अवसर हुनेछ। उनले आजको इनिङको अन्तिम २ बलमा विकेट लिएका थिए। उनका अलावा करण केसी र सन्दीप लामिछानेले पनि समान २ विकेट लिए।

फाइनल जित्ने टिमले भारत र पाकिस्तान रहेकै ग्रुपमा रहेर एसिया कप खेल्न पाउने छ।

SHARE: