°
, June 4, 2023 in

नेपाल र युएईबीचको फाइनल वर्षाले फेरि रोकियो

SHARE:

कीर्तिपुरस्थित टियू मैदानमा जारी एसिसी प्रिमियर कपको फाइनल खेल वर्षाले फेरि रोकिएको छ। २८औं ओभरको खेल चलिहँदा वर्ष भएपछि नेपाल र युएईबीचको फाइनल वर्षाका कारण दोस्रो पटक रोकिएको हो।

त्यसअघि पनि वर्षका कारण खेल २० मिनेट रोकिएको थियो।

वर्षाले खेल रोकिँदा युएईमाथि नेपालले पूर्णरुपमा दबाब बनाएको छ। खेल रोकिँदा २७।३ ओभरमा युएईले १०६ रन बनाउँदा ९ विकेट गुमाएको छ।

वर्षाले खेलरोकिनु ठीकअघि ललित राजवंशीले एकै ओभरमा २ विकेट लिए । उनले २८औं ओभरको दोस्रो बलमा युएईको इनिङ अगाडि बढाइरहेका आसिफ खानलाई आसिफ सेखबाट स्लिपमा क्याच आउट गराए। आसिफले ४६ रन बनाए ।

त्यसपछि लगत्तै अर्को बलमा पनि ललितले जाहुर खानलाई आरिफ सेखबाटै स्लिपमा क्याच आउट गराए। ललितले ४।३ ओभरमा १ मेडनसहित ५ रन मात्र खर्चेर ३ विकेट लिएका छन्।

लगातार दुई विकेटसँगै खेलमा नेपालले लागतार खेलमा दबाब बनाएको छ। ताज अवस्थामा युएई २७।३ ओभरमा १०६ रन बनाउँदा ९ विकेट गुमाएको छ।

टस जितेर बलिङ गर्ने निर्णय गरको नेपालले सुरुआतदेखि नै युएईमाथि दबाब बनाएको थियो। युएईलाई दबाबमा राख्ने क्रममा नेपालका मिडियम पेस र स्पिनर दुवैले उत्कृष्ट प्रदर्शन गरेका छन्।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले समान १ विकेट लिए ।

आजको खेल जित्ने टिम एसिया कपमा छनोट हुने छ। र, एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउने छ।

SHARE: