इन्दू र रुविना चम्किँदा पहिलो टि–२० सिरिजमा नेपालको सानदार सुरुआत

पहिलो पटक टि–२० सिरिज खेलिरहेको नेपाली महिला टिमले उत्कृष्ट सुरुआत गरेको छ। कतारविरुद्ध ३ खेलको टि–२० सिरिज खेलिरहेको नेपालले सिरिजको पहिलो खेलमा इन्दू बर्माले ब्याट र कप्तान रुबिना क्षेत्रीले बलिङमा उत्कृष्ट प्रर्शन गरेपछि कतारमाथि ११९ रनको जित निकाल्यो।

दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा आज साँझ भएको खेलमा पहिला ब्याटिङ गर्दै नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा २७ रनमै अलआउट भयो। कतारका कुनै पनि ब्याट्सम्यानले दोहोरा अंकमा स्कोर बनाउन सकेनन् । उसका पाँच ब्याट्सम्यान डक आउट भएका थिए।

कतारलाई सस्तैमा समेट्न् क्रममा कप्तान रुबिनाले घातक बलिङ गरिन् । उनले १.५ ओभरमा १ रन मात्र दिएर ३ विकेट लिइन। यस्तै, नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ३, कविता कुँवर र सीता राना मगरले समान २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले इन्दू बर्माका अर्धशतक मद्दतमा ४ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । नेपालका लागि इन्दुले सर्वाधिक ५५ रन बनाइन्। नेपालका लागि टि–२० पहिलो अर्धशतक प्रहार गर्नेक्रममा इन्दुले ४७ रन खेल्दै ५ चौकाको मद्दतमा ५५ रन बनाइन्।

यस्तै ओपनर सीता रानामगरले ३९ र सरिता मगरले २१ रन बनाइन्। इन्दू र सीताले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए। टि–२० क्रिकेटमा सर्वाधिक ठूलो साझेदारी हो। इन्दू प्लेयर अफ दी म्याच भइन्।

नेपालले बुधबार दास्राे खेल खेल्ने छ। कतारसँग नेपालले तीन खेलकाे सिरिज खेल्नेछ।