महिला रेस्लिङ महाभिडन्त : रिङमै बग्यो रगत (फोटोफिचर)

नेपाल महिला रेस्लिङ फाउण्डेसनले शनिबार काठमाडौंमा ‘महिला रेस्लिङ महाभिडन्त’ आयोजना गरेको छ । फाउण्डेसनको केन्द्रिय कार्यालय शान्तिनगरमा रहेको रिङमा भएको महाभिडन्तमा नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का, अस्मिता ‘जुरेली’लगायत फाउण्डेसनमा आबद्ध अन्य उत्कृष्ट रेस्लरहरु भिडेका थिए ।

सुर्यविनायक नगरपालिकाले प्रायोजन गरेको महाभिडन्तको पहिलो भिडन्तमा जमुना तामाङ र गीता जिरेल भिडेका थिए । जमुनाले गीतालाई पराजित गर्दै उद्घाटन खेलमा जित हात पारेकी थिइन् ।

त्यस्तै, दोस्रो भिडन्तमा अस्मिता ‘जुरेली’ र आकृती पुनबिच रोयल रम्बलको घमासान प्रतिस्पर्धा भएको थियो । आकृतिले लगाएको बलियो लकबाट उम्किने प्रयास गर्दा जुरेली रिङमै रगताम्मे भएर ढलेकी थिइन् । तर, रगताम्मे भएपनि जुरेलीले अनुकरणीय आत्मविश्वास देखाउँदै उत्कृष्ट कमब्याक गरेर ‘रोयल रम्बल च्याम्पियन’ बनिन् । दुईबिचको भिडन्त सबैभन्दा प्रतिस्पर्धात्मक र रोमाञ्चक रह्यो भने सबैभन्दा लामो समयसम्म पनि चलेको थियो ।

त्यसपछि भिडेका तनु ठकुरी र शान्ता धामीबिचको प्रतिस्पर्धा पनि रोमाञ्चक थियो । अनुभवी शान्तालाई पछार्दै पहिलोपटक रिङमा भिँडेकी तनु च्याम्पियन बन्न सफल भइन् ।

महाभिडन्तको अन्तिम प्रतिस्पर्धामा प्रथम महिला रेस्लर तथा फाउण्डेसनकी अध्यक्ष भगवती खडका ‘युनिका’ र भिमकाय शरिरकी धनी सृजना कोजुबिच घमासान भिडन्त भयो । दुवै एकपछि अर्को निर्मम प्रहार र दाउपेच लगाउँदै एकअर्कामाथि हावि भइरहे । युनिका सम्हालिन प्रयासरत रहेको मौका छोपेर सिर्जनाले गरेको प्रहारले उनको जित सुनिश्चित ग¥यो ।

महाभिडन्तका केही झलक तल तस्बिरमा हेनु सक्नुहुनेछ :

भगवती खड्का ‘युनिका’ भर्सेस सृजना कोजु
अस्मिता जुरेली भर्सेस आकृति पुन
भगवती खड्का ‘युनिका’ भर्सेस सृजना कोजु
रगताम्मे भएकी जुरेली आत्मविश्वास बटुल्दै
पहिलो भिडन्तमै च्याम्पियन बन्न सफल तनु ठकुरी
भगवती खड्का ‘युनिका’ भर्सेस सृजना कोजु
‘रोज बहिनी फाउण्डेसन’की रोज भण्डारीलाई सम्मान गरिँदै
महिला रेस्लिङ महाभिडन्त हेर्न उपस्थित दर्शक
महिला रेस्लिङ महाभिडन्तका अतिथिका साथमा फाउण्डेसनका पदाधिकारी
भगवती खड्का ‘युनिका’लाई सम्मान गरिँदै
Facebook Comments Box

Leave a Reply

Your email address will not be published.