सागका लागि महिला फुटबल टिमको प्रारम्भिक घोषणा

आसन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोतिगा (साग)का लागि नेपाली महिला फुटबल टिमको प्ररम्भिक घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार बन्द प्रशिक्षणमा रहेका ४२ खेलाडीबाट ३२ खेलाडी छनोट गरेको हो ।

साग आगामी मंसिर १४ देखि २४ गतेसम्म हुने प्रतियोगिता काठमाडौं र पोखरामा आयोजना हुँदै छ । सागको महिला फुटबल पोखरा रंगशालामा आयोजना हुँदै छ ।

प्रशिक्षक हरि खड्काका अनुसार कीर्गिस्थानमा अयोजना हुन लागेको ‘नादेइदा कप’का अगाडि सागलका लागि २३ सदस्यीय अन्तिम टिमको घोषणा गरिने छ । ६ सेप्टेम्पबरदेखि १३ तारिखसम्म हुने प्रतियोगितामा आयोजक किर्गिस्तान, नेपाल, उज्बेकिस्तान र ताजकिस्तान सहभागी हुने छन् ।

नेपाली महिला टिम अहिले एन्फा कम्प्लेक्स मैदान सातदोबाटो र प्रहरी प्रधान कार्यालय नक्सालमा प्रशिक्षण गरिरहेको छ । सागको तयारीमा रहेको नेपाली टिममले नादेइदा कपमा सहभगी जनाउँदै छ ।

आइतबार घोषणा गरिएको ३२ सदस्यीय नेपाली टिमको गोलकिपरमा एन्जिला सुब्बा, अन्जना राना मगर, उषा नाथ छन् भने डिफेन्डरमा हिराकुमारी भुजेल, गीता राना, मनमाया लिम्बु, निशा थोकर, पुनम जर्घामगर, विमला विक, पुजा रानामगर, रोजिना श्रेष्ठ, घिमकुमारी गुरुङ, अमृता जैसी र कविता धिमाल रहेका छ ।

यसैगरी मिडफिल्डरमा अञ्जलीकुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, इन्दिरा राई, विमला चौधरी, दिपा राई, सपना लामा, सर्मिला थापा, सबिता रानामगर र प्रिती राई रहेको छ । यस्तै, स्ट्राइकरमा सावित्रा भण्डारी, अनिता केसी, रेखा केसी, रेखा पौडेल, निरु थापा र कृष्णा खत्री, रश्मीकुमारी घिसिङ रहेका छन् ।