अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालले जित्यो ८ पदक

मलेसियामा भएको सरावक चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ८ पदक जितेको छ । मलेसियाको सारावाक कुचिङस्थित कुचिङ स्टेडियममा प्रतियोगितामा नेपालले समान एक स्वर्ण, रजत र ६ कांस्य गरी कुल ८ पदक जितेको हो ।

फाइटतत्फ महिला ३७ केजी तौलसमूहमा सुप्रिमा बजगाईंले नेपाललाई स्वर्ण दिलाइन । सुप्रिमाले फाइनलमा थाइल्यान्डकी स्वान्चुलाई २३–३ ले स्तब्ध बनाउँदै स्वर्ण पदक आफ्नो बताएकी थिइन् ।

नेपालले दुई रजत पदक जित्दा फाइटतर्फ महिला खेलाडीले एक दिलाएकी थिइन् । क्याडेटमै ४७ केजीमूनि पुजा कुँवरले रजत पदक जितेकी थिइन् । उनी फाइनलमा मलेसियाकी वानसुइसँग ३१–११ ले पराजित भएपछि स्वर्ण जित्ने सपना अधुरो बन्यो । जुनियरको फाइटमा अमर भुजेलले ७३ केजीमूनि रजत जितेका थिए ।

उनी फाइनलमा ताइपेइका रिसानुनसँग १५–६ ले पराजित भएका थिए । नेपालकै बिमला लामा फाइटकै ६२ केजीमुनि सेमिफाइनलमा स्तब्ध भएपछि कांस्यमै खुम्चिइन् । महिलाकै फाइटमा आस्था दाहाल ५२ केजीमुनि सिंगापुरकी हाजिमालीसँग १७–४ ले र अलिसा सुनुवार ३७ केजीमुनि मलेसियाकी तान युयानसँग १७–८ ले स्तब्ध भएपछि कांस्य पदकमै सीमित भए ।

पुरुषतर्पm फाइटमा अभिषेक कटुवाल क्षेत्री, कृतिक भण्डारी र कृस थापाले कांस्य पदक जित्न सफल भए । तीनै सेमिफाइनलमा स्तब्ध हुँदा ४५ केजीमुनिमा अभिसेक म्यानमारका रौलडांगिनसँग २३–६ ले, ३६ केजीमुनिमा कृतिक ताइपेइका माग्रेटसँग २५–४ ले र ३३ केजीमुनि कृस ताइवानका अल्भिन पिङसँग १९–१७ ले स्तब्ध भएको नेपाली टोलीका प्रमुख घिसिङले जानकारी दिए ।

कुमार लामा घिसिङको नेतृत्वमा रहेको नेपाली टोलीमा कुल १७ खेलाडीले प्रतिस्पर्धा गर्दा ११ पुरुष र ६ महिला खेलाडी रहेका थिए । नेपाली टोलीको प्रशिक्षकमा बब्लु सिवाकोटी छन् ।