थाइल्यान्डमा ऐतिहासिक जित निकाल्दै नेपाली बक्सर सुष्मा स्वर्ण नजिक

Read Time:2 Minute

नेपाली बक्सर सुष्मा तामाङले थाइल्यान्डमा सानदार प्रदर्शन गरेकी छन्। सानदार प्रदर्शन गरेकी सुष्मा एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छिन्।

फाइनल पुग्ने क्रममा सुष्माले मंगोलियन खलाडीलाई पाखा लगाइन् । महिला ४८ केजी तौल समूहको आइतबार भएको सेमिफाइनलमा मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित सुष्माले स्वर्ण नजिक पुगिन्।

योसँगै सुष्मा यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छिन्।

अब सुष्माले बुधबार फाइलनमा स्वर्णका लागि उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्ने छिन्।

प्रतियोगितामा नेपालबाट पुरुष/महिला गरि ६ जनाएको सहभागिता रहेको छ ।

नेपालका बक्सरहरु ५७ केजी तौल समुहमा हेमा राई र ७५ केजी तौल समुहमा त्रिशा जवेगु सेमिफाइनल पुगेका छ। हेमाले मंगोलियाका बटुर जोल्जार्गल र त्रिसाले काजिकिस्तानी एरजन गुल्सायसंग खेल्नेछन् ।

यस्तै पुरुष तर्फ ८६ केजी तौल समुहमा विजयले इन्डोनेशियन मुक्केबाज मोसकिता माइकलसँग सेमिफाइनलमा जनवरी २३ तारिखमा खेल्नेछन् ।

एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ मा कम्बोडिया, चीन, इन्डोनेसिया, इराक, कजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, मलेसिया, मंगोलिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलंका, ताजिकिस्तान, आयोजक थाइल्याण्ड, उज्वेकिस्तान र भियतनाम गरी २० देशको सहभागिता छ ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post स्ट्राइकर राजेश परियार फ्रेन्ड्समा
Next post १८ वर्षीय ब्राजिलियन मिडफिल्डर भित्र्याउन खोज्दै रियल
Close