क्रिकेटमा देखिएको विवादका कारण यतिबेला नेपाली खलकुद क्षेत्र तातिएकको छ। खेलाडी ग्रेडिङको विषयमा कप्तान ज्ञानेन्द्र मल्लसहित ४ क्रिकेटरले मिडियामा प्रतिक्रिया दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले ती खेलाडीमाथि अनुशासनको कारबाही ग¥यो ।
क्यानको बोर्ड बैठकले केही सदस्यको विरोधका बाबजुद बहुमतका आधारमा निर्णय गर्दै कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो भने ज्ञानेन्द्र र दीपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२को सेन्ट्रल कन्ट्याक्टमा ६ महिना नराख्ने निर्णय गरेको थियो।
त्यसपछि उत्पन्न भएको क्यान र खेलाडीबीच उत्पन्न विवादले ठूलो रुप लिएको छ । सन् २०२२ को टि–२० विश्वकप ग्लोबल छनोटको तयारीले चर्चा पाउनुपर्ने बेलामा क्यान र खेलाडीबीच चलेको जुहारीको मूल्य समग्र क्रिकेटले नै चुकाइरहेको छ ।
कारबाहीमा परेका ज्ञानेन्द्र मल्लसहित चार खेलाडीले क्यानलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । तर क्यानले वार्ता र छलफलका लागि तयार रहे पनि खेलाडी वर्गीकरणको निर्णयमा पुनरावलोकन नहुने स्पष्ट पारेको छ ।

क्यानको निर्धारित तालिका अनुसार मंगलबारबाट पोखरामा सिनियर टिमको बन्द प्रशिक्षण सुरु हुनुपर्ने हो । तर, टि–२० विश्वकप छनोटको बन्द प्रशिक्षण सोही विवादका कारण केहीपछि सरेको छ। प्रशिक्षक पुवुदु दशानायके ५ दिनपछि मात्र नेपाल आइपुग्ने हुादा अभ्यास खेल केही पछि परेको क्यानले जनाएको छ ।
बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको नाम पनि सार्वजनिक हुन बाँकी नै छ । तर, कुरा यति मात्र होइन, कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीको विषयमा क्यानले के कदम चाल्छ भन्ने मुख्य प्रश्न हो ।
कप्तानबाट हटाइएका ज्ञानेन्द्रलगायतका चार खेलाडीले कारबाहीमा पुनर्विचार नगरे अभ्यासमा सहभागी नहुने आशय व्यक्त गरिसकेका छन् । तर क्यान भने खेलाडीसँग संवाद गर्न तयार भए पनि खेलाडीको वर्गीकरणमा कुनै फेरबदल नगर्ने अडानमा छ ।

खेलाडीलाई क्यानले गरेको कारबाही फिर्ता हुनुपर्नै धेरैको माग छ। यसमा क्यानकै ६ जना बोर्ड सदस्य पनि छन् । उनीहरुले बुधबार मात्र संयुक्त पत्रकार सम्मलन गरेर खेलाडीमाथि नियोजितरुपमा कारबाही गरिएको भन्दै सो कारबाही तत्काल फिर्ता लिन माग गरेका छन् ।
यस्तै, यो विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पनि चासो देखाएका छन्। उनीहरुले राष्ट्रका लागि खेल्ने खेलाडीमाथिको कारबाही फिर्ता लिनुपर्ने आयश व्यक्त गरेका छन्।
खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउादै सञ्चारमाध्यममा प्रतिकृया दिएको भन्दै क्यानले चार खेलाडीलाई अनुशासनको कारबाही गरेको हो । ज्ञानेन्द्रलाइ हटाएर सन्दिप लामिछानेलाई कप्तानको जिम्मेवारी दिइएको छ । राष्ट्रिय टिमका अन्य खेलाडीले पनि क्यानको निर्णयको विरोध गरिरहेका छन् । यस्तोमा खेलाडी अभ्यासमा आउँदैनन् कि भन्ने आशंका पनि कायमै छ ।
कुनै पनि विवाद समाधान नै गर्नै नसक्ने भन्ने हुँदैन । गल्ती गर्ने पक्षले नै महसुस गरेर एक कदम पछि हटे क्यान र खेलाडीबीचको विवाद तत्काल सकिने छ । तर अहिले दुवै पक्षले आ(आफ्नो अडान कायमै राख्दा क्रिकेट नै धरासायी हुने अवस्थामा पुग्यो भने त्यसको जिम्मा कस्ले लिने ?
र याे पनि
‘खेलाडीलाई सम्मानको बदला क्यान नेतृत्वले नियोजित रूपमा कारबाही गर्यो’
क्यान–खेलाडी विवादले बन्द प्रशिक्षण प्रभावित
क्रिकेटरमाथिको कारबाहीप्रति सिप्यानको ध्यानाकर्षण
खेलाडीको समर्थन गर्दै पारसले भने– क्यानले खेलाडीलाई अपमानित गर्यो
क्यानलाई ४ क्रिकटरको प्रश्न– हाम्रो समर्पणको सम्मान यही हो ?
क्रिकेटरमाथिको कारबाहीप्रति प्रचण्डको चासो, प्रधानमन्त्री देउवाको ध्यानाकर्षण
क्यान सदस्य छुम्बी लामा भन्छन्– खेलाडीलाई कारबाही गर्ने निर्णय उग्रवादी र अपमानजनक छ