°
, June 4, 2023 in

जिम्बाबेले दियो नेपाललाई १३७ रनको सामान्य लक्ष्य

SHARE:

कीर्तिपुरस्थित टियु मैदानमा जारी टी–२० सिरिजको अन्तिम नेपालले उत्कृष्ट बलिङ गरेको छ। टस जितेर पहिला फिलिङ रोजेको नेपाल उत्कृष्ट बलिङ गर्दै जिम्बाबे एलाई १३६ रनमै रोकेको छ।

पहिला ब्याटिङ गरेको जिम्बाबे एले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो उसका लागि रोए काइले सर्वाधिक ४९ रन बनाउँदा टाडिवान्स मारुमानीले २७ र लुक जोङ्वेले २३ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए भने वासिर अहमद र सोमपाल कामीले समान १ विकेट लिए।

पहिलो खेलमा जिम्बाबे ए ६ विकेटले विजयी भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

SHARE: