°
, June 4, 2023 in

मलेसियाले दियो नेपाललाई २३६ रनको लक्ष्य, सन्दीप र सोमपालले लिए समान ३ विकेट

SHARE:

घरेलु मैदानमा जारी एसिसी प्रिमियर कपको पहिलो खेलमा नेपालले जितका लागि २३६ रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा पहिला ब्याटिङ गर्दै मलेसियाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २३५ रन बनायो।

पहिला ब्याटिङ गरेको मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए। उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे। यस्तै, ओपनर विरन्दीप सिंहले ९४ बलमा २ चौका प्रहार गर्दै ४६ रन बनाए।

यी दुईले दोस्रो विकेटका लागि ११६ रनको शतकीय साझेदारी गरेका थिए। यस्तै, खिजार हायतले २५ बलमा २२ रन बनाउँदा सर्जुल इद्रुसले १३ बलमा २१ र मुहमम्द अमिरले १८ बलमा १७ रन बनाए।

मलेसियालाई मध्यम स्कोरमा रोक्नो क्रममा नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिँदा ललित राजवंशीले २ विकेट लिए। सोमालले ९ ओभरमा ४० खर्चिए भने सन्दीपले १० ओभरमा ४८ रन खर्चिए । यस्तै, ललितले १० ओभरमा ३४ रन खर्चिए। गुल्सन झाको नाममा पनि १ विकेट रह्यो।

SHARE: