काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौं महानगरपालिकाको सहकार्यमा मेयर्स कप आयोजना गर्न लागेको हो । प्रतियोगिता ५० ओभरको हुने छ ।
काठमाडौंमा एक कार्यक्रम बीच प्रतियोगिताका आयोजनाका सम्बन्धमा क्यान र काठमाडौं महानगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रतियोगिताको अयोजनाको मिति तय नभएपनि चैत मसान्तभित्रमा प्रतियोगिता आयोजना गरिसक्नु पर्ने सम्झौता पत्रमा उल्लेख छ । कीर्तिपुरस्थित टियू मैदानमा आयोजना हुने प्रतियोगिताका काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने छ ।