नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यले सन् २०१९को एकमुष्ट तलब पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति निकाल्दै कन्ट्याक्टमा रहेका २२ खेलाडी एक वर्षको तलब उनीहरुको आ–आफ्नो बैंक खातामा जम्मा भइसकेको जनाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भदौ १६ गते २२ जना खेलाडी र एक टेक्निल एनालिस्टक गरी २३ जनाको एक वर्षको एकमुष्ट तलब क्यानको खातामा पठाएको थियो । सोही तलब क्यानले खेलाडीको खातामा हालिदिएको छ ।
क्यानले राष्ट्रिय टिमका २२ खेलाडीलाई तीन ग्रेडमा विभाजन गरेर सोही अनुसार तलब दिएको हो । सोही अनुसार ग्रेड ए का खेलाडीले ४५ हजार, ग्रेड बी काले ३५ र ग्रेड सीका खेलाडीले २५ हजार रुपैयाँ मासिक पाएका छन् । ग्रेड ए का खेलाडीले ५ लाख ४० हजार, ग्रेड बी का खेलाडीले ४ लाख २० हजार र ग्रेड सी का खेलाडीले ३ लाख रुपैयाँ एकमुन्ष्ट पाउने छन् ।
क्यानको ग्रेडमा ग्रेड एमा ८, ग्रेड बीमा ८ र ग्रेड सीमा ६ जना खेलाडी छन् । यो ग्रेड निर्धारण क्यानले २०७५ पुसमा गरेको हो । अब क्यानले नयाँ ग्रेड निर्धारणका लागि तीन सदस्यीय समिति नै बनाएको छ । सन् २०२० बाटै नयाँ ग्रेड लागू हुने बताइएको छ ।
क्यानको आग्रहमा आईसिसीले खेलाडीको तबल १० हजार बढाएर पठाएको हो । त्यसैले प्रत्येक खेलाडीले सम्झौताभन्दा मासिक १० हजार रुपैयाँ बढी तलब पाउनेछन् । टेन्किल एनालिस्ट रमण सिवाकोटीले सी ग्रेडको तबल पाएका छन् ।
क्यान प्रतिबन्ध फुकुवा भएपनि क्यानको सम्पूर्ण गतिविधि आईसिसीकै निगरानी हुँदै आएको छ ।
कुन ग्रेडमा को ?
ग्रेड ए : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी
ग्रेड बी : आरिफ शेख, बसन्त रेग्मी, अभिनाश बोहोरा, पवन सर्राफ, रोहित पौडेल, सन्दिप जोरा, सुसन भारी, ललित नारायण राजवंशी
ग्रेड सी : रसिद खान, इशान पाण्डे, राजु रिजाल, प्रदिप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल