नेपाली क्रिकेटरको कोरोना परीक्षण आज हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि काठमाडौं आइसेका खेलाडीको मंगलबार कोरोना परीक्षण गर्न लागेको हो ।
९ महिनापछि प्रशिक्षण सुरु गर्न क्यानले क्रिकेटरलाई काठमाडौं बोलाएको छ । खेलाडीहरु सोमबार नै काठमाडौं आइसकेका छन् । नेपाली खेलाडीको कोरोना परीक्षण त्रिवी मैदानमै गरिने नेपाली राष्ट्रिय टिमका फिजियो बिक्रम न्यौपानेले जानकारी दिए । आज हुने भनिएको कोरोना परीक्षण सबै खेलाडीको एकै पटक त्रिवी मैदानमै गर्नका लागि एक दिन पछाडि सारिएको उनले जानकारी दिए ।
बन्द प्रशिक्षणमा सहभागी हुन २२ खेलाडी काठमाडौं आइपुगेका छन् । बन्द प्रशिक्षण मंसिर १० गतेबाट सुरु गर्ने क्यानले जनाएको छ । नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्नेछ ।
बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, शरद भेसावाकर, विनोद भण्डारी, सोमपाल कामी र कारण केसी सामेल हुने छन् । यस्तै, वसन्त रेग्मी, सुसन भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की पनि बन्द प्रशिक्षणमा सामेल हुने छन् ।