°
, June 7, 2023 in
0

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज स्थगित

SHARE:

एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ।

कोभिड–१९को बढ्दो प्रभाव, क्वारेन्टिन तथा ट्राभल रेस्टि«क्सनलगायतको कारण देखाउँदै आईसिसीले ओमानमा मार्च १९ देखि २८ सम्म हुने क्रिकोणात्मक सिरिज स्थागित गरेको हो । नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजसँगै आईसिसीले विश्वकप क्रिकेट लिग-–२ कै अप्रिल र मेका लागि तय भएका पुपुवा न्यूगिनी, ओमान र स्कटल्याण्ड तथा पुपुवा न्यूगिनी, अमेरिका र नामिबियाबीचको क्रिकोणात्मक सिरिज पनि स्थागित गरेको छ।

क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको जनाएको छ । ओमानमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपालले माघ २४ गतेबाट बन्द प्रशिक्षण सुरु गरेको थियो । पहिलो चरणको बन्द प्रशिक्षणमा २१ खेलाडी सहभागी थिए। बन्द प्रशिक्षणका विषयमा भने क्यानले कुनै निर्णय गरेको छैन ।

विश्वकप लिग–२अन्तर्गत यो नेपालको दोस्रो सिरिज हो । यसअघि नेपालले गतवर्ष घरलु मैदानमै ओमान र अमेरिकासँगै पहिलो सिरिज खलेको थियो । जसमा नेपालले २ जित र २ हारको बेहोरोको थियो । नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो भने अमेरिकालाई दुवै खेलमा हराएको थियो।

४ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । १० खेलमा १६ अंक जोडेको ओमान शीर्ष स्थानमा छ भने १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *