टेस्ट राष्ट्र जिम्बाबेको ए टिमविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ। फास्ट बलरद्वय सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिङ गरेपछि नेपालले जिम्बाबेलाई ८७ रनमै अलआउट गरेको छ।
पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले ८८ झिनो लक्ष्य पाएको छ।
पावर प्लेअमै ५ विकेट गुमाएको जिम्बाबेका लागि तीन खेलाडीले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके । उसका जोनाथन क्याम्पबेल सर्वाधिक २० रन बनाउँदा ब्राड इभान्सले २० र केफास जुवाले १० रन बनाए।
६६ रनमै ९ विकेट गुमाएको जिम्बाबेका लागि इभान्स र भिक्टर न्योचीले २१ रनको महत्वपूर्ण साझेदलारी गरेका थिए।
जिम्बाबेको इनिङ धरासायी बनाउने क्रममा नेपालका करण केसी र सोमपाल कामीले समान ३ विकेट लिए । करणले ८ ओभरमा ३ मेडनसहित १७ रन खर्चिए भने सोमपालले ७ ओभरमा १६ रन खर्चिए।
यस्तै, कप्तान सन्दीप लामिछानेले ८.५ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिँदा सागर ढकालले १ विकेट लिए।