नेपालले भारतमा गुजरात र बरोडासँग मैत्रीपूर्ण टि–२० सिरिज खेल्ने

19 Feb, 2024

आसन्न टि–२० विश्वकपको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतले मैत्रीपूर्ण टि–२० सिरिज खेल्ने भएको छ। नेपालले भारतको बरोडा क्रिकेट एसोसिएशन र गुजरात क्रिकेट एसोसिएशनसँग त्रिकोणात्मक टि–२० सिरिज खेल्न लागेको हो।

साइ मेगफान स्पोर्टसलाइफको आयोजनामा हुने सिरिज ३१ मार्चबाट सुरु हुने क्यानले जनाएको छ।

सिरिजको पहिलो खेल नेपाल र गुजरातबीच मार्च ३१मा हुनेछ। अप्रिल १मा बरोडा र गुजरात भीड्दा अप्रिल २मा नेपालले बरोडाको सामाना गर्ने तालिका छ।

यस्तै, अप्रिल ३मा नेपालले पुनः गुजरातसँग खेल्दा अप्रिल ४मा पुनः बरोडा र गुजरात आमनेसामने हुनेछन्। लिगको अन्तिम खेल नेपाल र बरोडाबीच अप्रिल ५मा हुनेछ। लिगका शीर्ष दुई टिमबीच उपाधिका लागि अप्रिल ७मा भीडन्त हुनेछ।