आसन्न युएई भ्रमणका लागि नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमको घोषणा गरेको छ। युएईमा हुने आईसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका क्यानले बिहीबार टिम लागि टिम घोषणा गरेको छ ।
क्यानले घरेलु मैदानमा भएको सिरिज खेलेको टिममा २ परिवर्तन गर्दै युएई भ्रमणका लागि टिम घोषणा गरेको हो । दुई स्पिनर सन्दीप लामिछाने र सूर्य तामाङ राष्ट्रिय टिमबाट बाहिरिएका छन्।
बलात्कार आरोप लागेका सन्दीपलाई अदालतले विदेश जान रोक लगाएकाले उनी टिममा नपरेका हुन् । उनले उच्च अदालतका पाटलको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका छन्, सो पुनरावेदनमा सर्वोच्चले सन्दीपको पक्षमा फैसला गरे, उनी पुन राष्ट्रिय टिममा पर्न सक्छन्। सन्दीपको पनुरावेदनको पेसी भोली छ।
यता, युवा स्पिनर सूर्य तामाङ यसै साता घरेलु मैदानमा भएको पहिलो पटक टिममा परेका थिए। तर, उनले डेब्यूको अवसर पाएनन्।
सन्दीप र सूर्य टिमबाट बाहिरिँदा आरिफ सेख राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। यस्तै युवा खेलाडीद्वय प्रतिश जिसी र मौसम ढलाल पहिलो पटक राष्ट्रिय टिममा परेका छन्। यी तिनै खेलाडी घरेलु मैदानमा भएको सिरिजमा वैकल्पिक खेलाडीको सूचीमा थिए।
नेपाली टोलीले यूएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले फागुन १५ मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ । नेपालले फागुन १८ युएई, फागुन १९० मा पपुवा न्युगिनी र फागुन २२ गते यूएईसँग खेल्नेछ ।
नेपाली टोली
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जिसी र मौसम ढकाल