आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरिएको छ। टिमलाई बिहीबारप्रधानमन्त्री पुष्पकमल दाहाल र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरे।
सोही अवसरमा लिग टु अन्तर्गतनै कीर्तिपुरमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच भएको खेलमा शत प्रतिशत जित निकालेको नेपाली टोलीलाई बधाइ पनि दिइएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले टिमलाई जनही २ लाख रुपैयाँ प्रादन गर्ने पनि बताएका थिए।
फागुन १५ देखि २२ गतेसम्म हुने प्रतियोगिताका लागि नेपाली टोली शनिबार युएर्इ प्रस्थान गर्दैछ । नेपालले त्यहाँ युएइ र पपुवान्युगिनी विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
सिरिजका लागि बिहीबार नै नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय टिम घोषणा गरेको छ। नेपाली टिमबाट सन्दीप लामिछाने र सूर्य तामाङ बाहिरिँदा आरिफ सेख, प्रतिश जिसी र मौसम ढलकाले स्थान बनाएका छन्।
आरिफले टिममा पुनरागमन गर्दा प्रतिश र मौसम पहिलो पटक टिममा परेका हुन्। बलात्कार आरोपमा सन्दीपलाई अदालत विदेश जान रोक लगाएकाले उनी टिममा नपरेका हुन्।
नेपालले फागुन १५ मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ । नेपालले फागुन १८ युएई, फागुन १९० मा पपुवा न्युगिनी र फागुन २२ गते यूएईसँग खेल्नेछ ।