नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिका लािग नेपाली क्रिकेट संघ (क्यान) आईसिसीको निर्णयको प्रतिक्षामा छ । एक महिनाअघि प्रशिक्षक नियुक्तिका लागि क्यानले सर्वाजनिक सूचना प्रकाशित गर्ने तयारी गरेको थियो, तर आईसिसीले तत्काल प्रक्रिया अगाडि नबढाउन भनेपछि प्रशिक्षक नियुक्तीको प्रक्रिया रोकिएको थियो ।
क्यानले मुख्य प्रशिक्षकसँगै, महाप्रबन्धक, वित्त प्रबन्धक र व्यवस्थापक नियुक्तीका लागि साउन ५ गते एक साताभित्र सार्वजनिक सूचना निकाल्ने निर्णय गरेको थियो । तर, आईसिसीले तत्काल केही पनि नगर्न भनेपछि प्रशिक्षकसँगे पदाधिकारी नियुक्तीका प्रक्रिया रोकिएको थियो । विश्वकप लिग–२ अन्तर्गतको ओमान र अमेरिकाविरुद्धको घरेलु सिरिजपछि उमेश पटवालले राजिनामा दिएपछि नेपाली क्रिकेट टिम मुख्य प्रशिक्षकबिहीन छ ।
गतवर्ष क्यानका् प्रतिबन्ध आईसिसीले सशर्त फुकुवा गरेको थियो । त्यसैले क्यानले हरेक काम आईसिसीकै रोहबरमा गर्दै आएको छ । आईसिसीले ढिलो निर्णय गर्दा नेपाली टिम ८ महिनादेखि प्रशिक्षक बिहीन छ ।
प्रशिक्षकलगायत पदाधिकारी नियुक्तीका लािग प्रक्रिया सुरु गर्न आफूहरु तयार भएर आईसिसीको निर्णयको पर्खामा रहेको क्यान सचिव अशोकनाथ प्याकुलेले बताए । उनले भने, ‘क्यानले गर्नुपर्ने सम्पूर्ण काम दुई साताअघि नै सकेका छौं, अब आईसिसीको निर्णयको पखाई मात्र हो ।’ उनले आईसिसीले यसविषयमा काम गरिरहेको र चाँडै निर्णय गर्ने जानकारी दिएको बताए ।
प्याकेरेलले आर्को साता नै आईसिसीले प्रशिक्षक नियुक्तीका लागि अनुमति दिनेमा आफूहरु आशावादी रहेको बताए । उनले क्यानको साधारणसभा स्थागित भएपनि प्रशिक्षकलगायतका पदपूर्तिको प्रक्रिया नरोकिने जानकारी दिए । क्यान बोर्ड बैठक नबसेपनि पदपूर्तिको लागि समस्या नहुने उनले बताए ।