°
, June 7, 2023 in
0

नेपाली क्रिकेटरको तबल भोलिदेखि खातामा आउने

SHARE:

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सन् २०१९को एकमुष्ट तलब भोलिदेखि बैंक खातामा आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका खेलाडीको एक वर्षको तलब सबै प्रक्रिया मिलाएर खातामा हाल्न सुरु गरेकाले भोलिबाट खेलाडीको खातामा तलब आउने भएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भदौ १६ गते २२ जना खेलाडी र एक टेक्निल एनालिस्टक गरी २३ जनाको एक वर्षको एकमुष्ट तलब क्यानको खातामा पठाएको थियो । क्यान प्रतिबन्ध फुकुवा भएपनि क्यानको सम्पूर्ण गतिविधि आईसिसीकै निगरानी हुँदै आएको छ ।

आइतबारबाट खेलाडीको तलब उनीहरुको खातामा जम्मा गर्न थालिएको सोमबारबाट तलब खेलाडीको खातामा जम्मा हुने क्यान कोषाध्यक्ष रोशन सिंह बताए । उनले कप्तान ज्ञानेन्द्र मल्लमार्फत सम्पूर्ण खेलाडीहरुलाई बैंकको केवाइसी फर्म भर्नका लागि भनिएको बताए । क्यानले आइतबार खेलाडीको सूचीमा मिलाएर, सबै कागजात मिलाउने लक्ष्य लिएको सिंहले बताए ।

क्यानको आग्रहमा आईसिसीले खेलाडीको तबल १० हजार बढाएर पठाएको छ । त्यसैले प्रत्येक खेलाडीले सम्झौताभन्दा मासिक १० हजार रुपैयाँ बढी तलब पाउनेछन् ।

क्यानले राष्ट्रिय टिमका रहेका २२ खेलाडीलाई ३ श्रेणीमा वर्गिकरण गरेको छ । सोही अनुसार ग्रेड ए का खेलाडीले ४५ हजार, ग्रेड बी काले ३५ र ग्रेड सीका खेलाडीले २५ हजार रुपैयाँ मासिक पाउने छन् । ग्रेड ए का खेलाडीले ५ लाख ४० हजार, ग्रेड बी का खेलाडीले ४ लाख २० हजार र ग्रेड सी का खेलाडीले ३ लाख रुपैयाँ एकमुन्ष्ट पाउने छन् ।

ग्रेड एमा ८, ग्रेड बीमा ८ र ग्रेड सीमा ६ जना खेलाडी छन् ।।यो ग्रेड निर्धारण क्यानले २०७५ पुसमा गरेको हो । अब क्यानले नयाँ ग्रेड निर्धारणका लागि तीन सदस्यीय समिति नै बनाएको छ । सन् २०२० बाटै नयाँ ग्रेड लागू हुने बताइएको छ ।

कुन ग्रेडमा को ?

ग्रेड ए : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी

ग्रेड बी : आरिफ शेख, बसन्त रेग्मी, अभिनाश बोहोरा, पवन सर्राफ, रोहित पौडेल, सन्दिप जोरा, सुसन भारी, ललित नारायण राजवंशी

ग्रेड सी : रसिद खान, इशान पाण्डे, राजु रिजाल, प्रदिप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *