त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा, गुल्सन झा पहिलो पटक टिममा

एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजका नेपाली टिमको घोषणा गरिएको छ। ओमानमा हुने ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १७ सदस्यीय टिम घोषणा गरेको हो।

नेपाली राष्ट्रिय टिममा मिडियम फास्टबलर गुल्सन झाले पहिलो पटक स्थान बनाएका छन्। गत वर्ष सम्मन्न काठमाडौं मेयर्स क्रिकेट प्रतियोगितामा उत्कष्ट प्रदर्शन गरेपछि गुल्सनलाई राष्ट्रिय टिममा बोलाइएको हो।

यस्तै शरद भेषावकरले पनि लामो समयपछि टिमम पुनरागमन गरेका छन्। उनी विश्वकप लिग २ कै पहिलो सिरिज पछि नेपाली टिमबाट बाहिर रहँदै आएका थिए।

ज्ञानेन्द्र मल्लको कप्तानी घोषणा गरिएको टिममा उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पाएका छन् । यस्तै, कुशल भुर्तेल, आसिफ सेख, गुल्सन झा, आसिफ सेख, कुशल मल्ल, विनोद भण्डारी र करण केसी छन्।

यस्तै, टिममा सोमपाल कामी, सन्दीप लामिछने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषावकर विक्रम सोब छन्।

बन्द प्रशिक्षणमा रहेका १९ सदस्यी टिमबाट कमलसिंह ऐरी र साहब आमल टिमबाट बाहिरिएका छन्। नेपाली टिम करिब एकमिहनाको बन्द प्रशिक्षण पनि नेपाली टिमको घोषणा गरिएको हो।

त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिम आगामी मंगबलार बिहान ८ बजे समाल एयरबाट ओमान प्रस्थान गर्ने छ। त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म आयोजना हुनेछ।

त्रिकोणात्मक सिरिजअघि नेपालले ओमानरै पपुवा न्युगिनीसँग २ खेलको एकदिवसीय सिरिज खेल्ने छ। सिरिज सेप्टेम्बर ५ र ८ मा हुनेछ।